आभारी छौ, सहयात्रीहरुप्रति Text selection Lock by computernepalima

Home » » मित्रहरु, हार्दिक आभार यहाँहरुप्रति

मित्रहरु, हार्दिक आभार यहाँहरुप्रति

Written By YMC on Wednesday, September 29, 2010 | 1:47 PM

Happy Birthday Pictures, Images and Photos"उमेरमा परिपक्व हुँदैछु भन्दा पनि उमेर ढल्किएछ भन्ने चिन्ता पो लागेको छ मलाई"

जन्म दिनको वास्ता नै नगर्ने अचम्मको कुनाकन्टारमा जन्म भयो, अहँ कहिल्यै न केक काटियो न त सेलरोटी पकाइयो ! तर पनि फेरि आज जन्म दिन आएछ । जन्म दिनमा बितेका वर्षहरुको याद आयो, विश्लेषण गरे, केही निष्कर्ष निकाले । कति कुरा त यस्ता हुन्छन् भन्न हुँदैन । "जति बढी चुनौतिहरुसँग सामना गर्न सक्यो सफलता हात पार्न सकेमा त्यत्ति नै बढी फाइदाहरु पाइन्छन् र असफल भएमा पाउनसक्ने फाइदाहरु पनि गुम्न सक्छन् । तर अरु बढी चुनौतिहरुसँग सामना गर्ने साहस गर्ने प्रण गरे यो स्मरणीय दिनमा ।" यही सिद्धान्तलाई आत्मसाथ गरे, बितेका कुनै पनि एक्ला वर्षभन्दा यो वर्ष मेरा लागि चुनौतिपूर्ण हुने पक्का छ । किनकि ठाउं , संस्कृति, मान्यता, वातावरण, समय, सन्दर्भ र परिस्थिति अत्यन्त फरक र जटिल छन् । तसर्थ योजनावद्ध तवरले यो वर्षलाई आफ्नो वशमा लिन सकियो भने भविष्य सजिलो हुनेछ जिउनलाई ।

मेरो जन्म दिनको अवसरमा इमेल, फेसबुक, नेट्लग लगायतका विद्युतीय माध्यम, टेलिफोन तथा कार्डमार्फत र प्रत्यक्ष भेट गरी शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी आफन्तजन एवम् ईष्टमित्रहरुको न्यानो सद्भावप्रति म ऋणी छु र हार्दिक आभार प्रकट गर्दछु । यस अवसरमा यहाँहरुको निरन्तर सल्लाहसुझाव, प्रतिक्रिया, सद्भाव, माया र सहयोगका लागि समेत अनुरोध गर्न चाहन्छु । मेरा कार्यकलापबारे चासो राख्न वा समाचार, विचार, सूचना र मनोरञ्जनका लागि सधै मेरो ब्लग http://chhantyal.blogspot.com/ क्लिक् गर्नुहुनका लागि समेत अनुरोध छ ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. chhantyalarticle - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger