आभारी छौ, सहयात्रीहरुप्रति Text selection Lock by computernepalima

Home » » घुमाउरा आन्दोलनहरु ---प्रयास जर्मनी

घुमाउरा आन्दोलनहरु ---प्रयास जर्मनी

Written By YMC on Wednesday, April 28, 2010 | 2:35 PM

जनताले जनआन्दोलन २ सम्पन्न हुँदा देखेका शान्ति र विकासका सपना अझै पनि सपनामै सीमित छन। सपना देख्नु र त्यसलाई फलिभूत पार्नु बेग्लाबेग्लै कुरा हुन् । हाम्रा नेताहरुले देश र नागरिकको जुन कर्तव्यपूर्ण सम्बन्ध हुन्छ खण्डित बनाइ दिएका छन। आज आम जनतामा मुलुकप्रति जुन कर्तव्यबोध हुनुपर्ने हो, त्यो देख्न सुन्न पाइदैन,कति दु:खद कुरा हो आँफैमा ? हाम्रा अदूरदर्शी नेताहरुको यस्तो दुस्साहस हामीले पचाइ सकेका छौ । मुलुक आज अनिर्णयको बन्दी हुन विवस छ । जसका लागि हामी पनि थोरबहुत जिम्मेवार छौ । सधैं अरुलाई मात्र दोष दिएर कसरी हामी चुपचाप बाँच्न सक्छौ, अनि यसरी बाँच्नुको के नै अर्थ छ र ?
मुलुक गणतन्त्रमय भयो तर एउटा राजा फालेर कैयन छोटे राजाहरु पाल्नु भनेको कस्तो गाईजात्रे गणतन्त्र हो हाम्रो ? यस्तो पनि हुन्छ कतै ........ फगत सत्ता र शक्ति प्राप्त गर्न भारतीय भूमिमा बिलासीपूर्ण भूमिगत जीवन बिताएका हाम्रा क्रान्तिकारी नेताहरुको पनि आशा गर्ने ठाउँ रहेन । जसरी यिनीहरुले शहिदको खेती गरे, धनीबाट लिन र दिन नसक्ने गरीबलाई मार्ने नाम मात्रको क्रान्तिले मुलुक स्वाहा भयो । सामाजिक मर्यादा, धर्म, रीतिथिति भटाभुङ्ग भए । जनताले सोचे जस्तो काम गर्न सकेनन् र मुलुक नै कब्जा गर्छौभन्दा भुईको न भाडाको हुनुपर्‍यो ।

अब फेरि आन्दोलन गर्छौ भनेर कुर्लिनुको के अर्थ छ भन्या ? तिम्रो लोभी पापीको जमात पनि अब तिम्रोपछि लाग्छ लाग्दैन यकिन छैन किनकि कमाएकाहरुले जोगाउनपट्टि ध्यान दिनेछन । कुनै कारणले नकमाएकाहरुले पनि कमाउने बाटो हेर्ने हुन देशलाई कसले हेर्ने ? जब नेतालाई नै देशको माया छैन भने उनका पिछलग्गुहरुलाई के को चिन्ता ? नेताको कुर्ची गुम्यो कार्यकर्तालाई कमाउने बाटो खुल्यो, हैन भने त्यत्रो जनआन्दोलनको अनुहारमा कालो पोत्ने दुश्साहस कसरी गर्न सके ?

मुलुक अझै अनिर्णयको बन्दीमा छ । हाम्रा राजनेताहरु थरि थरिका नौटन्कीमै ब्यस्त छन । कहिले अब सहमतिबिना चल्न नसकिने भन्छन तर अर्को नेता हामी आफ्नो अडानबाट डिग ठस्मस हुन्नौ भन्छन । हैन यी नेता भनाउदहरु कति निर्दयी हुनसकेका भन्या मुलुकप्रति ? यिनीहरुलाई साँच्चीनै मुलुकको माया नै नभएको हो कि आफ्ना प्रभुहरुलाई रिझाउन यस्तो नाटक गरेका हुन बुझ्नै गाह्रो । कोही सहमति खोज्न चाइनातिर हुइकिन्छन भने कोही भारततिर ।

यिनीहरु किन नेपाली भूमिको माटो छोएर नेपाली जनताको मन मुटुको सजिलो यात्रा गर्न चाहन्नन् ? के हाम्रा नेताहरु अब कामै नलाग्ने भै सकेका हुन् त ? फेरी प्रश्न गर्न मन लाग्छ । तर कति प्रश्न गरौ उत्तर कतैबाट आउने भए पो प्रश्नको पनि अर्थ हुन्छ । समय नितान्त नयाँ समस्याहरु बोकेर आएको हुन्छ तर हाम्रा नेताहरुसँग सबैखाले प्रश्नका लागि रेडीमेड उत्तर छन, तिनीहरुको उपादेयता करिब समाप्त भैसकेको छ ।

नयाँ प्रश्नले नयाँ उत्तर, नयाँ समाधान खोजेको हुन्छ तर खै ? हामीले त नेता पनि टेन्डरबाटै झिकाउनुपर्ने होकी । कसैलाई सत्ता गुमाएको चोट, कसैलाई कुर्सी फुत्कन्छ कि भन्ने पिर । देश, जनता, बिकास, शिक्षा, गरिवी, रोजगारीजस्ता कुराहरुबाट नेता तथा पार्टीहरु पर पुगिसके जस्तो लाग्दैन तपाईं हरुलाई ? हामी सोझा निमुखा गरीब जनताकाबरे कहिले सोच्ने होलान हाम्रा राजनेताहरुले ? कहिले यिनीहरुको बुद्धि फिर्ने होला ? अनि त्यतिन्जेल हामी कहाँबाट कहाँ पुग्नेहोला ? मुलुकले के कस्ता बिपत्तिहरुको सामना गर्नुपर्ने होला ? के थाहा मुलुक नै अहिलेको अवस्थामा रहन्छ, रहन्न ?
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. chhantyalarticle - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger