आभारी छौ, सहयात्रीहरुप्रति Text selection Lock by computernepalima

Home » » सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

Written By YMC on Sunday, May 2, 2010 | 7:50 AM

बिज्ञप्ति नं.: ९१ मिति: २०६७ बैशाख १९ गते
समयः साँझ ६ट्ठ०० बजे
ध्यानाकर्षण

१.विगत केहि दिन यता नेपाली सेनाका सैनिक व्यक्तिहरुलाई आफ्नो काममा बाटोमा हिँडिरहेको अवस्थामा झुठ्ठा लाञ्छना सहित जबरजस्ती समाती सिपाहीको व्यक्तिगत इज्जत तथा नेपाली सेनाको प्रतिष्ठामा समेत आंच आउने गरी सैनिक व्यक्तिहरुलाई जथाभावी गर्ने मिडियामा देखाउने र प्रहरीमा बुझाउने जस्ता कार्यहरु प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२.मिति २०६७ बैशाख १७ गते सांझ सिपाही रामकुमार खड्का सुन्धारा स्थित फलफूल पसलमा जुस खान लागेको अवस्थामा निजलाई जासुसीको आरोपमा पक्राउ गरी मिडियामा देखाई व्यक्ति र संस्थामा नै आंच आउने किसीमको दुस्कार्य भएको ।

३.त्यस्तै मिति २०६७ बैशाख १९ गते भर्खरै मात्र अवकास प्राप्त अमल्दार रेशम हमाललाई आफ्नो आवश्यक कागजपत्रको फोटोकपी गर्ने क्रममा सुन्धारामा आन्दोलनको जासुसी गर्न आएको झुठा आरोपमा पक्राउ गरि निजको परिचय पत्र समेत खोसेको साथै आफु्नो उपचारको क्रममा सैनिक चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि शिक्षण अस्पतालतर्पु जाने क्रममा सिपाही देव बहादुर बिष्टलाई समेत सोही आरोपमा पक्राउ पश्चात दुव्र्यवहार गरि प्रहरीको जिम्मा लगाएको छ ।

४.उपरोक्त घटनाहरुको बाबजुद नेपाली सेनाको हाल सम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई नेपाली सेना आग्रह गर्दछ । साथै अव उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिएमा नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने व्यहोरा समेत सम्बन्धितलाई यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. chhantyalarticle - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger